भारत र पाकिस्तानको राजनैतिक सम्बन्धको तगारो बन्दै आएको कश्मिर मुद्दाको बिषय राष्ट्रसंघको महासभा सम्म पुगेको छ । संयुक्त राष्ट्रसंघको ६८ औं महासभामा भाग लिन न्युयोर्क पुगेका भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंह र पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफबीच कश्मिर मुद्दामा पुन मत बाझिएको छ । बिबादास्पद कश्मिर मुद्दा सम्बन्धी प्रस्ताव सुरक्षा परिषदको बैठकले पारीत गर्नुपर्ने माग पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले अघी सारेपछी भारतीय प्रधानमन्त्रीले यसको बिरोध गरेका छन् ।
भारत र पाकिस्तानबीचको शिमला सन्धी अुनसार समस्याको हल गर्ने अडान भारतीय प्रधानमन्त्रीले लिएपछी दुई देशको सम्बन्धमा पुन तिक्तता उत्पन्न भएको छ । राष्ट्रसभामा सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले कश्मिर भारतको अभिन्न अंग भएको प्रतिक्रिया दिंदै यसको अखंडतामा आघात पुर्याउने खालको कुनै पनि सम्झौता नहुने दोहो