दसैँतिहार र चुनावमा बेलालाई लक्ष्यित गर्दै प्रहरी राजमार्ग सुरक्षा विशेष अभियानमा, हतियारधारी प्रहरीले बसभित्रै बसेर सुरक्षा दिने

रामशरण पुडासैनी, नागरिकन्युज 
मकवानपुर – दसैँतिहार र चुनावमा बेलालाई लक्ष्यित गर्दै प्रहरीले राजमार्ग सुरक्षामा विशेष अभियान थालेको छ। प्रहरीले राजमार्गमा रहेको सुरक्षा पोस्टमा बसेर गस्ती गर्ने, प्रहरीको प्रहरा बढाउने र सवारी साधनमै बसेर सुरक्षा दिने रणनीति अघि सारेको हो।
 
दशैँको बेला राजमार्गको हेटौंडा-नारायणगढ खण्डको ५२ किलोमिटर क्षेत्रमा १० बजेदेखि बिहान ४ बजेसम्म हतियारधारी प्रहरीले बसभित्रै बसेर सुरक्षा दिने भएका हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्व र आसन्न संविधानसभाको चुनावलाई ध्यान दिंदै राजमार्गमा ‘कडन एण्ड सर्च’ अप्रेसन सुरु गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरले राजमार्ग सुरक्षालाई ध्यान दिंदै हतियारसहित (सशस्त्र) प्रहरीले गस्ती गर्ने भएको हो। प्रहरीले एक सातादेखि राजमार्ग सुरक्षामा विशेष सतर्कता अपनाएको हो। मकवानपुरका प्रहरी उपरीक्षक गणेशबहादुर ऐरले राजमार्गमा चाडपर्वमा हुन सक्ने लुटपाट, चोरी र आपराधिक घटना नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेको जानकारी दिए। उनले महेन्द्र राजमार्गको नारायणगढ