नवलपरासीमा अनुमति लिएर राखेका हतियार मध्ये ५२ थान हतियार संकलन

नवलपरासी । व्यक्तिगत सुरक्षाका लागि सर्वसाधरणले अनुमति लिएर राखेका हतियार मध्ये नवलपरासीमा जम्मा ५२ थान हतियार संकलन भएका छन् । 
निर्र्वाचनलाई शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न भन्दै प्रशासनले अनुमति लिएर राखिएका हतियार बुझाउनका लागि आजसम्मको समय तोकेको थियो । 
पहिलो पटक आश्विन ६ गतेभित्र हतियार बुझाउन दिएको समयसीमामा लक्ष्य अनुरुप हतियार संकलन नभएपछि दोस्रो पटक हतियार बुझाउन सूचना जारी गरिएको थियो ।
नवलपरासीमा ४ सय ४२ जनाले हतियार राख्न अनुमति लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । RSS, IMAGECHANNEL