राष्ट्रसंघीय शान्ति मिसन सुडानमा गएको श्री एयरलायन्सको हेलिकप्टर दुर्घटना

काठमाडौं  । राष्ट्रसंघीय शान्ति मिसन सुडानमा गएको श्री एयरलायन्सको हेलिकप्टर दुर्घटनामा परेको छ । नेपाली समय अनुसार दिउँसो एक बजेतिर एम आइ १७ हेलिकप्टर दुर्घटना भएको एयरलायन्सले जनाएको छ ।


दुर्घटनाबाट हेलिकप्टरमा क्षति भएपनि कुनै मानवीय हानी नभएको एयरलायन्सले जनाएको छ ।


प्रतिज्ञा राणा क्याप्टेन रहेको हेलिकप्टरमा यूएनका कर्मचारीसहित १९ जना यात्रुहरु रहेको श्री एयरलायन्सले जनाएको छ । RSS