काठमाडौं – एमाओवादी जिल्ला समितिको सिफारिसमा नपरेका अछामका दुई दर्जन नेताहरुले विद्रोहको घोषणा गरेका छन् ।
केन्द्रीय कार्यालयले गुटबन्दीबाट क्षेत्र नं. १ बाट दीपक साउद र २ बाट झंकर रावललाई टिकट दिएपछि उनीहरुले विद्रोह घोषणा गरेका छन् । राज्य समिति सदस्य झंकर साउदले सय जनाभन्दा बढीले विद्रोह गरेको दाबी गरेका छन् ।
असन्तुष्टहरुले पार्टीका आधिकारिक उम्मेदवारकाविरुद्ध क्षेत्र नं. १ मा झंकर साउद र २ बाट अक्कल रावलले उम्मेदवारी दिने निर्णय गरेका छन् । EKANTIPUR