अमेरिकी बजेटबारे सहमति जुट्न नसकेपछि सरकारी कामकाज आशिंक बन्द

अमेरिकी सिनेटमा नयाँ बजेटबारे सहमति जुट्न नसकेपछि सरकारी कामकाज आशिंक रुपमा बन्द गर्न थालिएको छ । विपक्षी रिपब्लिकन पार्टीले सिनेटमा नयाँ बजेटमा सहमति नजनाएपछि यस्तो स्थिति आएको हो ।


अमेरिकामा १७ वर्ष पछि सरकारी कामकाज आशिंक रुपमा बन्द भएको हो । राष्ट्रपति बाराक ओबामाले अन्तिम समयसम्म गतिरोध अन्त्य गर्न अपील गरेपनि रिपब्लिकनहरु सहमत हुन सकेनन् ।


यससँगै अमेरिकी राष्ट्रपति कार्यालयले संघीय निकायहरुलाई काम बन्द गर्न आदेश पठाउन सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । ओबामाको स्वास्थ्य हेरचाह सुधार कानुन पारित गर्न ढिलाई गरेर रिपब्लिकन सांसदले बजेट पास गर्न तयार थिए ।


अमेरिकी सरकारले काम बन्द सुरु हुनुभन्दा केही बेरअघि द्विपक्षीय समितिको सीनेटसँग बैठक बसेको थियो । तर डेमोक्रेट्सहरुले काम बन्द रोक्न निकै ढिलो भएको भनेपछि सहमति हुन सकेन ।


सरकारी काम आशिंक रुपमा बन्द भएसँगै ८ लाख संघीय सरकारी कर्मचारीलाई बेतलबी छुट्टी दिइने भएको छ । यो विषयमा सहमति नबनेसम्म उनीहरुले तलब पाउन कुनै निश्चित नभएको जनाइएको छ ।


राष्ट्रिय निकुञ्जहरु, वासिङटनको संग्राहलय बन्द हुने छ भने सरकारी पेन्सन ,जेष्ठ नागरिकलाई दिइने सुविधामा पनि ढिलाई हुने छ । त्यस्तै भिसा, पासपोर्टका निवदेनहरु अगाडि नबढाइने अधिकारीहरुले जनाएका छन् ।


सरकारी काम बन्द भएपनि सेनाको लागि बजेट दिन सकिने विधेयकमा भने ओबामाले हस्ताक्षर गरिसकेका छन् । रिपब्लिकनको आलोचना गर्दै ओबामाले उनीहरुले फेरि चुनाव चाहेको आरोप लगाएका छन् ।


सरकारी कामकाज आशिंक बन्द हुन थालेसँगै अमेरिकी अर्थव्यवस्थामा नकारात्मक असर पर्ने विश्लेषण गरिएको छ ।
 

 

RSS, IMAGECHANNEL