काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालाको निधनपछि नेपाली कांग्रेस थोत्रिएर केही गर्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
लाजिम्पाटस्थित आफ्नै निवासमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा दाहालले कांग्रेसको विरासत सकिएर जुझारु युवा पुस्ता परिवर्तनको पक्षधर पार्टी एकीकृत माओवादीमा आकर्षित भएको बताए ।