काठमाडौं । सरकारी स्वामित्वमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक प्रसारण संस्थाको रुपमा विकास गर्न प्रस्ताव गरिएको छ ।
जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक सहयोगमा सरोकारवाला संस्थाका प्रिितनिधि सम्मिलित कार्यदलले आगामी तीन वर्षभित्र कार्यान्यनमा ल्याउने गरी नेपाल टेलिभिजन र रेडियो नेपाल एउटै छातामा रहने गरी सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गर्न प्रस्तावित गरेको हो ।
प्रस्तावमा यी दुबै संस्थाको केन्द्रीय, क्षेत्रीय र रिले स्टेशनको सञ्चालन स्वतन्त्र कार्यकारी समितिको मातहतबाट सञ्चालन गर्ने गरी प्रस्तावित गरिएको छ ।
यो प्रस्ताव कार्यान्वयन भएमा जापानी टेलिभिजन एनएचके र बीबीसी जस्तै नेपालको सरकारी नियन्त्रणमुक्त सार्वजनिक प्रसारण संस्थाको रुपमा सञ्चालन हुनेछ ।
जाइकाले सन् २०१० नोभेम्बरदेखि सन् २०१३ अक्टोवरसम्म नेपालमा सञ्चालन गरेको शान्तिका लागि मिडिया परियोजना सकिएको छ ।
परियोजना समापनको अवसरमा जाइकाले परियोजना अवधिभर सम्पादन गरेको मिडिया नीति, ऐन र मिडिया कानूनको नियमावलीहरुको संशोधित मस्यौदा आज सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेललाई हस्तान्तरण ग