मंसिर चारको चुनावका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्न तोकेको समय सकिन लाग्दा प्रमुख पार्टीहरुले प्रत्यक्षतर्फका उम्मेदवार छनौट टुंग्याउन सकेका छैनन्।
आयोगले दलहरुको आग्रहमा एक साता थपिदिए पनि उम्मेदवारी छनौटमा ती दलहरुभित्रको किचलो छताछुल्ल भएको छ।
आयोगको समयतालिका अनुसार पार्टीहरुले प्रत्यक्षतर्फ बिहीवार र समानुपातिक उम्मेदवारी शुक्रबार दर्ता गर्नुपर्नेछ।
उम्मेदवार छनौटको प्रयास पहिलादेखि थालेको एमालेले मंगलबार प्रत्यक्ष तर्फका २४० मध्ये २३८ जनाको नाम टुंगो लगाएको छ।
रौतहट