अर्घाखॉचीमा प्रमुख दलका उम्मेदवार चयन, नेताहरु प्रचार प्रचारका लागी गाउँ गाउँमा (नामावलीसहित)


 

– गणेश खनाल

सन्धिखर्क, अर्घाखाँची । अर्घाखॉचीमा क्रियाशिल प्रमुख दलले प्रत्यक्ष तर्फको उम्मेदवार हुने व्यक्ति निश्चित गरेका छन् । जिल्लामा क्रियाशिल एमाओवादी, काग्रेस, एमाले, राजमोले उम्मेदवार तय गरेका छन् ।


क्षेत्र नम्वर १ मा एमाओवादीबाट पुर्व मन्त्रि तथा एमाओवादीका केन्द्रिय सदस्य टोप बहादुर रायमाझी,नेपाली काग्रेस बाट डाक्टर राम बहादुर वि.सी, एमालेबाट अञ्चल कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री र राजमोबाट केन्द्रिय महासचिव सन्त बहादुर नेपाली चयन भईसकेको पार्टी निकट नेताहरुले जनाएका छन् । सबै उम्मेदवारको केन्द्रबाट पनि नाम पारित भईसकेको जनाईएको छ ।

 


 

यस्तै क्षेत्र नम्वर २ मा एमाओवादीबाट केन्द्रिय सदस्य तथा युद्धकालिनका जनसरकार प्रमुख विष्णुहरि शर्मा, नेपाली काग्रेसबाट केन्द्रिय सदस्य तथा पुर्व सभासद पुष्पा भुसाल, नेकपा एमालेबाट भर्खर मात्र एमालेमा प्रवेश गरेका डाक्टर दुमन थापा र राजमोबाट मसालका केन्द्रिय सदस्य शेर बहादुर वि.सी छनोट भएको जनाईएको छ ।

गत सविधान सभाको निर्वाचनमा क्षेत्र नम्वर १ मा पुर्व मन्त्रि टोप बहादुर रायमाझी र क्षेत्र नम्वर २ बाट नेपाली काग्रेस केन्द्रिय सदस्य पुष्पा भुसाल विजय हुनुभएको थियो । उम्मेदवार छनोट भएपछि नेता तथा कार्यकता चुनावी प्रचार प्रचारमा जुटिसकेका छन् । काग्रेसका सम्भावित उम्मेदवारका आकाक्षी केन्द्रबाट अझै फकिएका छैनन् भने एमालेमा पनि २ नम्वर क्षेत्रमा चुनावी माहोल तातेको छैन् । यद्यपी एमालेले क्षेत्र नम्वर १ मा चुनावी माहोल तताई रहेको छ । जिल्ला कमिटीका पदाधिकारी नै चुनाव प्रचारमा लागेका छन् ।


विवाद नभएको एमाओवादी घरदैलो अभियानमा लागेको छ । क्षेत्र नं. १ मा एमाओवादीबाट सिफारिस नेता टोपबहादुर रायमाझी र २ का उम्मेदवार बिष्णु हरि शर्मा सहितका जिल्ला नेता मत तान्न घरदैलोमा लागेका छन । एमाओवादीले १ मा केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का र २ मा कमल खनाललाई चुनावी संयोजक तोकी चुनावी सभा देखी वस्ती पिच्छे नै घर घरमा हिडेका छन् । क्षेत्र नम्वर १ का रायमाझी विकास वादी नेताको रुपमा चिनिनुहन्छ ।


कांग्रेसको भने चुनावी कार्यक्रम गाउँमा शुन्य भएकाले कार्यकर्ता निराश छन । उम्मेदवारको टुंगो लागी सकेकाले अव चुनावी अभियान लिएर गाउँ गाउँमा जाने सचिव वासुदेव आचार्यले बताउनुभयो । दुई क्षेत्र जित्ने गरि अभियानमा लाग्ने आचार्यले बताउनुभयो ।


२०६४ मा दुवै क्षेत्र गुमाएको एमालेले अहिले भने दुवै क्षेत्र जित्ने एमाले उपसचिव प्रेम नारायण गैरे दावी गर्नुभयो । राष्टिय जनमोर्चाले पनि जनमत बटुल्न गाउँ चाहारेको छ ।


एमाओवादीका रायमाझी, शर्मा डाक्टर बाबुराम भट्टराई निकटका हुनुहुन्छ । नेपाली काग्रेसका भुसाल जेलमा रहेका खुम बआदुर खड्का निकट हुनुहुन्छ, भने वि.सी मध्य मार्गी नेताको रुपमा चिनिनुहुन्छ । यस्तै एमालेका थापा केपी ओली निकटका हुनुहुन्छ भने क्षेत्री सस्थापन पक्ष्ँका हुनुहुन्छ ।

 

२०६४ को संविधानसभा निर्वाचनमा आएको उम्मेदवार र दलको मत:-

 

क्षेत्र नं. १
टोपबहादुर रायमाझी      एनेकपा माओवादी   प्राप्त मत १९५८४ (विजयी)
मान बहादुर विक           नेपाली काग्रेस     प्राप्त मत १०५९१
चेतनारायण आचार्य        नेकपा एमाले      प्राप्त मत ९४६१
डिलाराम आचार्य           राजमो          प्राप्त मत  ७५७५

क्षेत्र नं. २
पुष्पा भुसाल          नेपाली काग्रेस       प्राप्त मत  १६९९२ (विजयीं)
डा.डिल्लीराज खनाल    नेकपा एमाले      प्राप्त मत १४८०५
रामप्रसाद बंञ्जाडे      एमाओवादी        प्राप्त मत ११५८८
शेरबहादुर विसी       राजमो             प्राप्त मत १८८१




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु