विश्व अहिंसा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं  । विश्व अहिंसा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । 
संयुक्त राष्ट्र संघको आह्वानमा भारतीय अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर हरेक वर्ष अक्टोबर २ अर्थात् आजकै दिन विश्व अहिंसा दिवश मनाउने गरिन्छ । 
अहिंसा दिवसकै अवसरमा आज नेपालमा शान्ति र अहिंसाको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले राजधानीलगायत देशका विभिन्न ठाउँमा कायक्रम गर्दैछन् । 
महात्मा गान्धीले अहिंसाको माध्यमबाटै भारतलाई बेलायती उपनिवेशबाट मुक्त गराएका थिए । 
अहिंसाको बाटोबाट पनि जनताको विजय सम्भव छ भन्ने पुष्टी गर्दै बेलायती उपनिवेशबाट महात्मा गान्धीले भारतलाई मुक्त गराएको योगदानको सम्मानमा राष्ट्रसंघले सन् २००७ देखि यो दिवस मनाउन थालेको हो । RSS, IMAGECHANNEL