दुई क्षेत्र रहेको अर्घाखॉचीमा एमाओवादीबाट क्षेत्र नं. १ मा पुर्व मन्त्रि टोप बहादुर रायमाझी २ बाट केन्द्रिय सदस्य विष्णुहरि शर्मा, नेपाली काग्रेसबाट क्रमश डाक्टर राम बहादुर विसी, केन्द्रिय सदस्य पुष्पा भुसाल, एमाले अञ्चल सदस्यबाट नरेन्द्र क्षेत्री, डाक्टर दुमन थापा, राष्ट्रिय जनमोर्चाबाट सन्त बहादुर नेपाली, शेर बहादुर विसी, राप्रपा नेपालबाट विरेन्द्र सेन, सावित्रा चुदाली, जनमक्तिबाट क्षेत्र नम्वर १ बाट मधु सुदन सारु, नेकपा माले २ बाट ईन्द्र बहादुर रेम्गी, नेमकीपाबाट प्रेम बहादुर खड्का, रामचन्द्र श्रेष्ठ, राप्रपाबाट १ बाट अम्वर बहादुर थापा,२ बाट देवी बहादुर खड्का, नेपाल परिवार दलबाट डिल्लीराज भुसाल रहेका छन् । साथै ठाडा ३ निवासी नारायण बेल्वासे क्षेत्र नम्वर २ बाट एमालेको बागी उम्मेदवार दर्ता गर्नुभएको छ । बेल्वासे दक्षिण खॉचीका एमाले राम्रो नेता मानिन्छन् । प्रमुख तिन दलका उम्मेदवार नाराजुलुस सहित कार्यलयमा मनोनयन दर्ता गर्न पुगेका थिए ।