दोलखा- दोलखामा चुनाव बहिष्कारको घोषणा गरेर आन्दोलनमा होमिएको नेकपा-माओवादीका एक राज्य समिति स्तरका नेताले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन्।
नेकपा-माओवादीका ताम्सालिङ राज्य समिति सदस्य रेशम राजश्वराज रिमालले जिल्लाको दुवै क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन्। जनयुद्धकालमा तत्कालीन माओवादीको जिल्ला सेक्रेटरी रहेका उनी हाल नेकपा-माओवादीको ताम्सालिङ राज्य समिति सदस्य छन्।
उनले आफ्नो उम्मेदवारी शहिद परिवार, शोषित पीडित जनताको तर्फबाट एक स्वतन्त्र माओवादीका रुपमा रहेको सुनाए।
यता नेकपा-माओवादीका जिल्ला नेता बन्धु बिक्रम क्षेत्रीले रिमालको उम्मेदवार पार्टीको सल्लाहमा नभएको बताए।
‘हाम्रो सल्लाहमा भएकै हैन, हामीले पनि सुनेर थहा पायौं,’ उनले भने, ‘उहाँ सगँ स्पष्टिकरण सोध्छौं।’ NAGARIKNEWS