अनिश्चितकालीन पूर्वका ९ जिल्ला बन्द फिर्ता, दशैंमा घर हिंडेकाहरुलाई राहत

ताप्लेजुङ, आश्विन १८ । आसन्न संविधानसभाको निर्वाचनको विपक्षमा रहेको ३३ दलीय गठबन्धनको संघीय लिम्बुवान राज्य परिषदले आह्वान गरेको अनिश्चितकालीन पूर्वका ९ जिल्ला बन्द फिर्ता लिएको छ । 
हिजो प्रहरीले पक्राउ गरेका कार्यकर्ता रिहाइको माग गर्दै सो संगठनले आजदेखि यातायात बन्द आह्वान गरेको थियो । 
गृहमन्त्री माधव घिमिरेसँग भएको वार्ता सकारात्मक बनेकाले यातायात बन्द फिर्ता लिइएको सो संगठनका अध्यक्ष कुमार लिङ्गदेनले बताएका छन् । 
बन्द फिर्ता लिइएपछि जनजीवन सहज बन्दै गएको छ भने बाटोमा अलपत्र परेका यात्रुहरु गन्तब्यतर्फ लागेका छन् । 
यसअघि अचानक आह्वान गरिएको बन्दका दशैंका लागि घर हिंडेका हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका थिए । RSS, IMAGECHANNEL