माओवादी मगरातद्धारा सल्यान घट्नाको भ्रत्सना

 शोभाखर पन्थी 
अर्घाखाँची – नेकपा-माओवादी मगरातले सल्यानमा आफ्नो पार्टीका कार्यकर्तामाथी आक्रमण भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । 
माओवादी मगरात राज्य समितिका इन्चार्ज सन्तोष बुढा मगर र सेक्रेटरी बावुराम नेपालीद्धारा जारी प्रेश वक्तव्यमा पार्टीका सल्यानका नेता तथा कार्यक्रतामाथी एमाओवादीले योजना वद्धरुपमा कुटपीट गरेको भन्दै सत्य तथ्य पत्ता लगाई दोषी माथी तत्काल कार्वाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । 
माओवादीले दोसी उपर कार्वाही गरी घाईतेको उपचार व्यवस्था गर्न आग्रह गर्दै प्रहरी प्रशासनले दोसीलाई पक्राउ गरी कार्वाही नगरे प्रतिवादमा उत्रने माओवादीले चेतावनि दिएको छ । यसैबीच माओवादीले आफ्नो पार्टीलाई कुटपीट गरी दमन गर्ने सपना नदेख्न घट्नामा सम्बन्ध दल र त्यसका कार्यकर्तालाई चेतावनि दिएको छ ।