अमेरिकामा ४० बर्षदेखि जेल सजाय भोगिरहेका वालेस निर्दोष सावित

४० बर्षदेखि जेल सजाय भोगिरहेका वालेस निर्दोष सावितअमेरिका । अमेरिकाको लूजियाना राज्यमा हत्याको आरोपमा ४० वर्ष देखि जेल सजाय भोगिरहेका हरमन वालेसको सजाय अहिले आएर गलत ठहर भएको छ । अमेरिकी संघीय अदालतले गम्भीर विरामी रहेका वालेसलाई यस अघिको फैसला असबैधानिक ठहर गर्दै रिहा गर्न आदेश दिएको हो । 
७१ वर्षिय वालेस सन् १९७४ देखि हत्या आरोपमा जेलमा सजाय भोगिरहेका छन् । न्यायाधिश ज्याक्सनले फैसलामा सनाउंदै वालेसलाई सजाय दिने न्यायाधीशहरुमा कोही पनि महिला नभएका कारण ४० वर्ष अघि निष्पक्ष सुनुवाई हुन नसकेको उल्लेख गरेका छन् । 
संघीय अदालतले यो मामिलालाई गलत मानेको छ । उनी अहिले क्यान्सर रोगका विरामी हुन् । वालेस सहित अरु ३ जना माथि पनि १९७२ मा एक जेलका गार्डको हत्याको आरोप लागेको थियो । Agencies