प्रचण्डका कारण वार्ता भाँडियो – हामीलाई चुनावमा आउन नदिने पनि उनै हुन् – हाम्रो निशाना पनि उनै प्रचण्ड तिरै हुनेछ:- मोहन वैद्य

नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले आफूहरुलाई संविधानसभा निर्वाचनमा सहभागी हुन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेको सर्कुलर पार्टीभित्र गरेका छन् । नेवा, ताम्सालिङ, भोजपुरा र तमुवानका केन्द्रीय सदस्यलाई शनिबार पार्टी मुख्यालय बुद्धनगरमा बोलाएर अध्यक्ष वैदले त्यस्तो सर्कुलर जारी गरेको आजको अन्नपूर्णमा खबर छ।