सरकार संविधान सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सक्षम रहेको गृहमन्त्रीको भनाई

काठमाडौं  । गृहमन्त्री माधवप्रसाद घिमिरेले सरकार संविधान सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सक्षम रहेको बताएका छन् । 
कैलालीको धनगढीमा संविधान सभा सदस्य निर्वाचन सम्बन्धी क्षेत्रिय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री घिमिरेले नेपाल सरकारले आफ्ना सबै स्रोत साधनलाई संविधान सभाको निर्वाचनमा केन्द्रित गरेका जानकारी दिए ।
 
उनले बारामा नेकपा एमालेका उम्मेदवार माथि भएको गोली प्रहार घटनाका बारेमा अनुसन्धान भैरहेकोले दोषीलाई कानूनी कटघरामा उभ्याउने बताए । RSS, IMAGECHANNEL