चीनमा आएको शक्तिशाली आँधी फितओका कारण हजारौं बिस्थापित

बेइजिङ । चीनको उत्तरी प्रान्तमा आएको शक्तिशाली आँधी फितओका कारण हजारौं बिस्थापित भएका छन् । ठाउँ ठाउँमा पहिरो गएकाले सयौं घरमा क्षति पुगेको छ । प्रतिघण्टा १५ किलो मिटरको दरले आएको आँधीका कारण उत्तरी चीनको फुजीआन प्रान्तका लाखौं बासीन्दाको बिचल्ली भएको छ । 
चीन सरकारले सो प्रान्तका दुई लाख बासीन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । सो प्रान्तको बिद्दुत गृहमा क्षति पुगेकाले बिजुली आपूर्ती बन्द भएको छ । लगातार रुपमा भएको भारी बर्षापछी आएको आँधीमा केही ब्यक्ति हराइरहेको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
 आँधीका कारण सामुद्रिक सेवामा प्रभाव परकाले अधिकांश पर्यटक अलपत्र परेका छन् । मौसमबिदहरुले भारी बर्षा अझै केही दिन रहने र आँधीको प्रभाव पर्न सक्ने भन्दै उतरी क्षेत्रका बासीन्दालाई सचेत तुल्याएको छ । Agencies