उम्मेदवार पुनःराजधानीमा, अर्घाखाँचीमा चुनावी चहलपलह सुनसान

 


वीरेन्द्र केसी
 
सन्धिखर्क, अर्घाखाँची ।  निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएको अर्को दिनै उम्मेदवार राजधानी गएका छन । उम्मेदवार चुनावी अभियान लिएर गाउँ नगएर पुनः राजधानी गएपछि चुनावी चहलपलह छैन । दुवै क्षेत्रका प्रभावशाली उम्मेदवार जिल्लामा छैनन् । पार्टीले घोषणापत्र सार्वनिक नगर्दा पनि समस्या भएको छ । 
क्षेत्र नं.१ म एमाओवादीका उम्मेदवार एवं पुर्वमन्त्री टोपबहादुर रायमाझी दुई महिनाको अवधीमा चुनावी रणनीति बनाउन गाउँ घुमेपनि उम्मेदावरी दर्ता गराएपनि राजधानीतिर लागे । मनोनयनको दुई दिन अघि जिल्ला भित्रिएका क्षेत्र १ का उम्मेदवार डा.रामबहादुर विसी र २ की पुष्पा भुसाल शुक्रवारै राजधानी फर्किए । उम्मेदवार सहित नेताहरु जिल्ला प्रवशे गरेपछि दुई तिन दिन चहलपहल बढेको थियो । अहिले सुनसान जस्तै छ । सदरमुकाममा रहेको सीमित नेतालाई मात्रै भेटेर दुवै जना फर्केका हुन । राजमो लगायत साना दलका जिल्लामा छन । एमाले क्षेत्र १ का सर्वसम्वत उम्मेदवार नरेन्द्रकुमार क्षेत्री गएर फर्किए  भने २ का डा.दुमन थापा गाउँ पसेका छन । एमाले प्रवेश गरेको सात महिनामै टिकट पाएका उनी एमालेका कार्यकर्तासँग परिचय गर्न भ्याईनभ्याईमा छन । उनले सदरमुकाम, आफनो जन्म घर नरपानी, खिदिम, ठाडा, जलुके लगायतका गाउँमा भोट माग्दै हिडेका छन । एमआरएमजी नामक गैसस मार्फत जिल्लाका सबैजसो गाउँ-गाउँमा आर्यआर्यजन सम्बन्धी बाख्रापालन, विउपल लगायत कृषि क्षेत्रमा अग्रसर गराउन थुप्रै कार्यक्रम सञ्चालन गरेका उनी अहिले भोट माग्न जादा गाउँले दंग परेका छन ।
क्षेत्रीले सबैजसो गाविसमा पुगी चुनावी रणनीति बनाउन कार्यकर्ता परिचान गर्न विभिन्न समितिहरु बनाएका छन । कार्यकर्ता र जनमतका हिसाबले काग्रेससँग प्रतिष्प्रर्धा भएपनि आफुले चुनाव जित्ने दावी क्षेत्रीले गरे । एमाओवादीले धेरै पहिलेदेखी नै घरदैलो अभियान सम्पन्न गरेको छ । उसले धेरै एमाले र केही काग्रेस, राजमोका कार्यकर्ता एमाओवादीमा प्रवेश गरिरहेको र विकास निर्माणका काम धेरै गरेकाले २०६४ मा जस्तै अत्यधिक मतले रायमाझीले जित्ने दावी एमाओवादी नेता ठाकुरकुमार विकको छ । काग्रेसको चुनावी अभियान सुस्त गतिमा छ । २ की पुष्पाले २०६४ मा चुनाव जितेपछि पटक पटक गाउँमा विकास योजना सहित गाउँमा गएपनि १ का विसी गाउँ गएका छैनन् । 
२०५६ को चुनावमा वामतालमेल भएपछि पराजित भएपछि पुनःटिकट पाएका विसी जिल्लामा पुराना लोकप्रिय नेता मानिन्छन । क्षेत्र नं.२ मा रायमाझी, विसी र क्षेत्रीबीच कडा प्रतिष्प्रर्धा र २ मा पुष्पा र थापाबीच प्रतिष्पर्धा हुने प्रबल संभावना छ । तीन पटक मन्त्री भएका रायमाझी विकासवादी नेताको रुपमा परिचित छन । उनले लुम्बिनी-सालझण्डी-ढोरपाटन, पोखरा-सुर्खेत सडक देखी जिल्लामा थुप्रै विकासे योजना भित्राएकाले जनतामाझ लोकप्रिय छन । काग्रेसका विसी र एमालेका क्षेत्रीबीच प्रतिष्पर्धा भएपछि विसीसँग टक्कर लिएर चुनाव जित्न सहज नभएको बुद्धिजीविको विश्लेषण छ ।
 
काग्रेस उपसभापति हरिहर आचार्य भन्छन, मैदानमा उत्रिएका उम्मेदवार माथि अन्तरघात नगरिकन सबै काग्रेसजन एकढिक्का भएर लागे दुवै क्षेत्र जित्न गाह्रो छैन । क्षेत्र २ मा पुष्पा राजनीति र विकासप्रेमी नेताको रुपमा लोकप्रिय छिन भने डा.थापा करिब ६ वर्षसम्म जिल्लाका वस्तीपिच्छे एनजीओ आफर्त कृषि र आयआर्यजनका काम गरेकाले उनी पनि लोकप्रिय नै भएकाले टक्कर हुने संभावना धेरैको छ ।
 
टिकट पाएपछि उम्मेदावरी मनोनयन गर्न हतारमा आएकाले  राजधानीमा रहेका  अर्घाखा

अन्य समाचारहरु