– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेपालीहरुको महान चाड बिजयादशमी तथा दिपाबलीको अबसरमा उपभोक्ताहरु बढि ठगिने कुरालाई ध्यानमा राखी अर्घाखाँचीमा बजार अनुगमनलाई तिब्रता दिइएको छ ।
चाडबाडको समयमा बढि किनमेल हुने हुने र उपभोक्ताहरु बढि ठगिन सक्ने भएकाले अनुगमनलाइ तिब्रता दिइएको खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाका हरिनारायण बेल्बासेले बताउनु भयो ।
खाद्य तथा गुण नियन्त्रण कार्यलय र जिल्ला स्थित अनुगमन टोलीले आज सन्धिखर्क र चुत्राबेसी बजारका पसलहरुमा अनुगमन गरि उत्पादन मिति नराखिएका, उपभोग्य मिति समाप्त भएका अखाद्य बस्तु नष्ट गरेको छ ।
कोकाकोला, फु्रटी, चाउचाउ,बिस्कुट, चियापत्ती, सस लगायतका बस्तुमा उत्पादन मिति नराखिएका , उपभोग्य मिति समाप्त भएका झण्डै एक लाख रुपैया बराबरको खाद्य पदार्थ नष्ट गरेको अनुगमन समितिका सदस्य जिल्ला प्रशासन कार्यालयका नासु प्रकास भटराइले बताउनु भयो ।
किराना पसलहरुमा मुल्य सुची नराखिएका , उत्पादन मिति र अन्तिम उपभोग्य मिति नराखिएका दैनिक उपभोग्य सामाग्री भेटिएका छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।