काठमाडौं – दसैं तिहारमा पनि राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरू खुलै रहने भएका छन् ।
आयोगका कार्यालयहरू दिउँसो ११ देखि २ बजेसम्म खुला रहने आयोगले जनाएको छ । ‘यस अवधिमा पनि मानव अधिकार हननबारे उजुरी ग्रहण गर्ने तथा आवश्यकताअनुसार अनुगमन तथा अनुसन्धान गर्ने कार्यलाई आयोगले निरन्तरता दिनेछ,’ आयोगको विज्ञप्तीमा जनाइएको छ ।
आयोगका अनुसार गम्भीर प्रकृतिका मानव अधिकार हनन एवं ज्यादतीका घटनाहरूको अनुगमनका लागि आयोगको केन्द्रीय कार्यालयमा अनुसन्धान अधिकृतहरू संलग्न एक ‘र्यापिड रेस्पोन्स टिम’ रहनेछ । – कान्तिपुर