– गणेश खनाल
सन्धिखर्क, अर्घाखॉची । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेकपा-माओवादी चुनावमा आउन नचाहेको बताए । नेकपा मसाल अर्घाखॉचीले बुधवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिंहले निर्वाचनमा सहभागी नहुनको लागी अनावश्यक सर्त राखेर माओवादी सहमतिबाट भागेको आरोप लगाए । नेकपा-माओवादीको आन्दोलन एजेन्डा विनाको भएको सिंहको तर्क थियो ।
महामन्त्रि सिंहले आफनो पार्टी सविधान सभाको निर्वाचनको पक्षमा रहेको बताउदै पार्टीको सबै शक्ति चुनावी अभियानमा लागी परेको बताए । एमाओवादी कारण अघिल्लो सविधान सभाले सार्थकता पाउन नसकेको जिकिर गदै राष्टिय निकासको लागी अव हुने निर्वाचानमा आफनो पार्टीलाई अध्यधिक बहुमतका साथ विजय बनाउन जनतालाई आग्रह गरे ।
प्रमुख दलका शिर्ष नेता विदेशको ईशारामा नाच्दा राष्टियता निकै कमजोर भएको आरोप लगाउदै भनेर्, नेताको सो प्रवृतीका विरुद्ध आफनो पार्टी सधै उभिने बताए । अवको निर्वाचनमा राजावादी र मधेशवादी दल मध्ये जो कोही संग पनि चुनावी तालमेल हुन सक्ने भन्दै एमाले संगको छलफल एमालेको हठका कारण निर्कषमा पुग्न नसकेको स्पष्ट गरे । अवको सविधान सभाले पनि सविधान दिन नसकेमा देश ठुलो अस्थिरता तर्फ जान सक्ने सिंहको अनुमान रहेको छ । राष्टिय जनमोर्चाले २ सय ३९ क्षेत्रमा उम्मेदवारी दिएको जानाकारी दिए । नेपालमा राजतन्त्र फर्कन सक्ने कुनै सम्भावना नभएको महामन्त्री सिंहको भनाई थियो ।
कार्यक्रमको सञ्चालन थम्मन के.सीले गरेका थिए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।