संबिधान सभाको निर्बाचन नभए देस प्रतिगमन तर्फ जाने: महामन्त्री सिंह

प्रेमनारायण आचार्य
अर्घाखाँची  । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले मसिर ४ मा संबिधान सभाको निर्बाचन नभए देस प्रतिगमन तर्फ जाने बताउनु भएको छ । उहाले राजाबादीहरुले मसिर ४ गतेको दोस्रो संबिधान सभाको निर्बाचन असफल भए २०४७ सालको संबिधान ब्युताउने माग राखिरहेकाले देस कता जान्छ भनेर भन्न नसकिने बताउनु भयो । 
  वैद्य माओवादीले गरेको चुनाव वहिष्कारको फाइदा प्रतिगामीहरुले उठाउन सक्ने संभावना रहेको  बताउनु भयो । देसलाइ निकास दिन पनि निर्बाचनलाइ सफल बनाउनु पर्ने बताउदै मंसिर चारको निर्वाचनले देशलाई निकास दिने बताउनु भयो  । उनले सक्रमणकालको अन्त्य गर्न  निर्वाचन अपरिहार्य भएको औंल्याए ।
 राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सबै मिलि निर्वाचन सफल पार्नु पर्ने बताउनु भयो । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले चुनाव नचाहेको भन्दै  यसले उसैलाई घाटा पुग्ने दावी गर्नु भयो । वर्तमान निर्दलिय सरकारको आफ्नो पार्टीले  विरोध जनाए पनि चुनावको भने पक्षमा रहेको स्पष्ट पार्दै वैद्य माओवादीले गरेको चुनाव वहिष्कारको फाइदा प्रतिगामीहरुले उठाउन सक्ने संभावना रहेको  बताउनु भयो । उनले राजावादीहरु राजतन्त्र व्युताउँन लागि परेकाले गणतन्त्रका पक्षधरहरु एकजुट हुनुपर्ने बताउदै माओवादीलाई चुनावमा ल्याउन मुख्य दलहरुले प्रयत्न गरेपनि माओवादीनै चुनावबाट टाढा रहन  खोजेको उनले आरोप लगाउनु भयो । 
उनले संघियताकै कारण संविधान बन्न नसकेको बताउँदै यसको खारेजी गर्नु मुख्य आवश्यकता रहेको टिप्पणी गरे । सिंहले एमाओवादीले भनेजस्तो जातिय संघियता कुनै पनि हातलमा स्वीकार्न नसकिने बताए ।