दैलेख । दैलेखमा प्रहरी जवानले प्रहरी निरीक्षकको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान कमलप्रसाद शर्माले आज बिहान प्रहरी निरीक्षक हेमराज भट्टको गोली हानी हत्या गरेका हुन् ।
निरीक्षक भट्टको सुरक्षार्थ खटिएका जवान शर्माले डडेल्धुरा घर भएका निरीक्षक भट्टमाथि सुतिरहेको बेला टाउकोमा दुई गोली प्रहार गरेका थिए ।
शर्माले एसएलआरबाट टाउकोमा दुई राउण्ड गोली हानेको प्रहरीले जनाएको छ । भट्टको हत्या गरेपछि जवान शर्माले पनि पेटमा गोली हानी आत्महत्या गरेका छन् ।
गोली लागि घाइते भएका शर्माको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
RSS, IMAGECHANNEL