गणेश खनाल
सन्धिखर्क, अर्घाखॉची । एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि टोपबहादुर रायमाझीले एमाले,काग्रेसलाई क्यान्सर लागेको बताए ।
एकिकृत नेकपा माओवादी अर्घाखॉचीले शुक्रवार आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा बोल्दै रायमाझीले एउटा मान्छेमा क्यासर लाग्यो, भने उसको मृत्यु बाहेक अर्को विकल्प नहुने भन्दै एमाले, काग्रेस पनि अव देशको लागी काम नलाग्ने गरि थला परेको टिप्पणी गरे ।
नेता रायमाझीले आफनो पार्टीलाई पनि रुघाखोकी लागेको स्वार्कार गदै उपचार भने सम्भव रहेको बताउदै अग्रगमनको नेतृत्व एमाओवादीले मात्र गर्ने बताए । नेपालमा केहि गरे एमाओवादीले मात्र गर्ने रायमाझीको दावी थियो ।
पार्टी फुटले एमाओवादीलाइृ कुनै असर नगरेको भन्दै बैध समुह भन्दा ठुलो सख्यामा एमाओवादीमा विभिन्न पार्टीका नेता तथा कार्यकता प्रवेश गरेको बताए । बैध माओवादीको बैचारिक कार्यदिशा केहि नभएकाले छिट्टै पार्टी विर्सजन भएर जाने दावी गरे ।
काग्रेस एमालेका कारण अघिल्लो सविधान सभाको विघटन भएको रायमाझीको भनाई थियो । पार्टी प्रवेश कार्यक्रममा युथ फोसका पुर्व जिल्ला सचिव चोपबहादुर क्षेत्री र बॉगी एमाले पुर्व उपसचिव कृष्ण क्षेत्री एमाओवादीमा प्रवेश गरेका थिए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।