संबिधान सभाको निर्बाचन नभए देस प्रतिगमन तर्फजाने:महामन्त्री सिंह

– प्रेमनारायण आचार्य
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले मसिर ४ मा संबिधान सभाको निर्बाचन नभए देस प्रतिगमन तर्फजाने बताउनु भएको छ ।
उहाले राजाबादीहरुले मसिर ४ गतेको दोस्रो संबिधान सभाको निर्बाचन असफल भए २०४७ सालको संबिधान ब्युताउने माग राखिरहेकाले देस कता जान्छ भनेर भन्न नसकिने बताउनु भयो ।
वैद्य माओवादीले गरेको चुनाव वहिष्कारको फाइदा प्रतिगामीहरुले उठाउन सक्ने संभावना रहेको  बताउनु भयो । देसलाइ निकास दिन पनि निर्बाचनलाइ सफल बनाउनु पर्ने बताउदै मंसिर चारको निर्वाचनले देशलाई निकास दिने बताउनु भयो  । उनले सक्रमणकालको अन्त्य गर्न  निर्वाचन अपरिहार्य भएको औंल्याए ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले  गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सबै मिलि निर्वाचन सफल पार्नु पर्ने बताउनु भयो । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले चुनाव नचाहेको भन्दै  यसले उसैलाई घाटा पुग्ने दावी गर्नु भयो । वर्तमान निर्दलिय सरकारको आफ्नो पार्टी विरोध जनाए पनि चुनावको भने पक्षमा रहेको स्पष्ट पार्दै वैद्य माओवादीले गरेको चुनाव वहिष्कारको फाइदा प्रतिगामीहरुले उठाउन सक्ने संभावना रहेको  बताउनु भयो। 
उनले राजावादीहरु राजतन्त्र व्युताउँन लागि परेकाले गणतन्त्रका पक्षधरहरु एकजुट हुनुपर्ने बताउदै माओवादीलाई चुनावमा ल्याउन मुख्य दलहरुले प्रयत्न गरेपनि माओवादीनै चुनावबाट टाढा रहन  खोजेको उनले आरोप लगाउनु भयो ।
उनले संघियताकै कारण संविधान बन्न नसकेको बताउँदै यसको खारेजी गर्नु मुख्य आवश्यकता रहेको टिप्पणी गरे । सिंहले एमाओवादीले भनेजस्तो जातिय संघियता कुनै पनि हातलमा स्वीकार्न नसकिने बताए । ‘संघियता  देशकोलागि आवश्यकता होइन’ उनले भने  ‘यो विदेशीको इशारामा जवरजस्ती ल्याइएको नारा हो’ ।
मसालले राष्ट्रयताको पक्षमा निरन्तर आवाज उठाउँदै आएकाले अवको निर्वाचनमा जनताले राष्ट्रिय जनमोर्चालाई निर्णय शक्तिको रुपमा स्थापित गर्ने ठोकुवा गरे ।  
उनले देश टुक्राउन खोज्ने  शक्तिलाई दोस्रो संविधानसभाको परास्त पार्ने बताए । सत्ता लिप्साका कारण ठुला राजनीतिक पार्टी राष्ट्रयतालाई विर्सिएको  आरोप लगाउदै राष्ट्रयताको पक्षमा सबैले वकालत गर्नु पर्ने धारणा राखे । एक फरक प्रसङ्गमा सिंहले चुनावमा तालमेलका लागि एमाले सँग छलफल चलेपनि निष्कर्ष पुग्न नसकेको बताए ।