गृहमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचन बिथोल्नेलाई नछाडिने बताउनुभएको छ । निर्वाचनका लागि तयार पारेको एकीकृत सुरक्षा योजनामा समेत निर्वाचन बिथोल्नेलाई निगरानीमा राख्न र त्यस्ता गतिविधि निस्तेज पार्ने योजना रहेको घिमिरेले बताउनुभएको हो ।
आज विराटनगरमा क्षेत्रिय सुरक्षा भेलामा मन्त्री घिमिरेले फरक मत राख्नु स्वभाविक भए पनि चुनाव नै बिथोल्नु गलत भएको बताउनुभयो । संक्रमणबाट देशलाई निकास दिन निर्वाचन चाहिएकाले सबै चुनाव सफल पार्न लाग्नु पर्ने घिमिरेको दाबी थियो । शक्ति प्रयोग गरेर भए पनि सरकारले निर्वाचनमा सुरक्षा दिइ छाड्ने उहा