चुनावमा अवरोध भए सबै सुरक्षा निकाय परिचालन गर्ने सरकारी तयारी

सरकारले चुनावमा अवरोध भए सम्पूर्ण सुरक्षा निकाय परिचालन गर्ने तयारी गरेको छ ।त्यसका लागि कानुनी प्रक्रिया समेत अघि बढाएको गृहमन्त्री माधवप्रसाद घिमिरले जानकारी दिनुभएको छ ।
विराटनगरमा भएको निर्वाचन सुरक्षा सम्बन्धी क्षेत्रीय गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री घिमिरेले आम नागरिकलाई चुनावमा भाग लिनबाट रोकिए सरकार सबै सुरक्षा निकाय परिचालन गर्ने बाटोमा अघि बढ्ने बताउनुभयो ।
गहृमन्त्री घिमिरेले चुनावको विपक्षमा रहेका दललाई पनि भाग लिन आग्रह गर्नुभयो । विपक्षमा रहेका दलले आपूm सहभागी नभएपनि आम नागरिकलाई भाग लिन दिनु पर्ने घिमिरेको भनाइ छ ।
भयरहीत वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध भन्दै मन्त्री घिमिरेले आफ्नो मताधिकार प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो । घिमिरेले भन्नुभयो,