आगामि संबिधानसभाको निर्बाचनबाट देसमा दिगो शान्ती स्थापना हुने – भुसाल

– प्रेमनारायण आचार्य 
नेपाली काग्रेसकी केन्द्रिय सदस्य तथा क्षेत्र नं. २ की उम्मेदार पुस्पा भुसालले आगामि संबिधानसभाको निर्बाचनबाट देसमा दिगो शान्ती स्थापना हुने बताउनु भएको छ । उहाले नेपाली काग्रेसलाई दुई तिहाई मतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
नेपाली काग्रेसले चुनाबि प्रचार प्रसार अभियानमा सितापुर गाबिसको झिरामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेस सधै अगाडि रहेको र अझ सशत्त रुपमा जनताका समस्यालाई बुझेर अगाडि बढ्र्ने बताउनु भयो । 
कार्यक्रममा काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले अर्घाखाँचीको बिकासका लागि नेपाली काग्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै नेपाली काग्रेस नेपाली जनताको पाटी भएकाले अर्घाखाँचीका दुबै सिटमा काग्रेसको जीत सुनिस्चित रहेको बताउनु भयो ।  
सचिब बासुदेब आचार्य, महाधिबेशन प्रतिनिधि सुर्य अधिकारी , जिल्ला सदस्य छबिलाल पौडेल नरेन्द्र श्रेष्ठ कृष्ण शर्मा क्षेत्रिय सभापति मणिराम पौडेल ,शिक्षक संघका अध्यक्ष यादब घिमिरे क्षेत्रिय सचिब हेमन्त बेल्बासे ,सितापुरका सभापतिरामराज घिमिरे पोखराथोकका सभापति अचुत गौतम ,लगायतले मनतब्य राख्नु भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु