– प्रेमनारायण आचार्य
नेपाली काग्रेसका नेता तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेद्धार डा.रामबहादुर बिसीले मसिर ४ गतेको निर्बाचन अब कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ ।
उहाले नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट संबिधान बन्ने बताउनु भयो ।
निर्बाचन अहिले २०६४ सालको संबिधानसभाको निर्बाचन जस्तो धाधली नभइ अहिले शान्ति पर्ुण्ारुपमा हुने भएकाले अत्याधिक मतले नेपाली काग्रेसले जिल्लाका दुबै क्षेत्र जित्ने दाबी गर्नु भएको छ ।
नेपाली काग्रेसले चुनाबि प्रचार प्रसार अभियानमा छत्रगञ्ज गाविसमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता बिसीले नेपाली जनताको पक्षका साथै गरिब र निमुखा बर्गको संबिधान लेख्नकालागि नेपाली जनताले नेपाली काग्रेसलाइ अत्यधिक बहुमतका साथ बिजयी गराउने बताउनु भएको छ ।
कार्यक्रममा नेपाली काग्रेसका नेता तथा पर्ुब मन्त्री रेवतीप्रसाद भुसालले एमाओबादीका कारण पहिलो संबिधान सभाको निर्बाचनबाट संबिधान बन्न नसकेकोले नेपाली जनताको लोकतान्त्रिक संबिधान निर्माण गर्नका लागि पनि जनताले काग्रेसलाइ पहिलो पाटी बनाउने बताउनु भयो ।
कार्यक्रममा काग्रेसका जिल्ला उपसभापति हरिहर आचार्य अंचल समन्वय समितिका सदस्य बिष्णुप्रसाद खनाल मुस्कान, सहसचिब निर्मला क्षेत्रि,जिल्ला सदस्य कृष्ण खनाल केशव श्रेष्ठ , महासमिति सदस्य लक्ष्मि श्रेष्ठ महाधिबेशन प्रतिनीधि लेखानथ पोख्रेल , क्षेत्रीय सभापति केदारनाथ भुसाल, तरुण दलका अध्यक्ष पिताम्बर खनाल, क्षेत्रीय सदस्य खडानन्द पौडेल, शिक्षक संघका उपाध्यक्ष नारायण पौडेल , सर्म्पर्क सदनका धर्मराज खनाल, हरि पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम काग्रेस छत्रगञ्जका सभापति अनन्त पन्थीको अध्यक्षतामा सम्पन्न भएको हो ।