संविधान सभा चुनावमा ४ जना समलिंगी तेश्रोलिंगीको उम्मेदवारी

आउँदो मंसिर ४ गते हुने संविधान सभा चुनावमा समानुपातिकतर्फ तीन र प्रत्यक्षतर्फ एक जना समलिंगी तेश्रोलिंगीले उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमुक्ती पार्टीले  यम वहादुर राना आनिक, नेपाल सद्भावना गजेन्द्रबादीले रज्जक अली हलुवाई र नेपाल राष्ट्रिय सेवा दलले विनिता सिंहलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको हो ।
यस्तै नवलपरासी ६ मा नेपाल युवा किसान पार्टीले तेश्रो लिंगी गिता सैथवारलाई उम्मेदवार बनाएको छ ।
प्रत्यक्षका उम्मेदवरा सैथवारले यसअघि नै आफ्नो क्षेत्रमा चुनावी अभियान थालिसकेका थिए भने समानुपातिकतर्फको अन्तिम नामावलीमा परेका आनिकले रुपन्देहीमा, हलुवाईले बाँकेमा र सिंहले बझाङमा चुनावी प्रचार थालेका छन । संविधानमा आफ्नो समूदायको अधिकार लेख्नका लागि समलिंगी तेश्रोलिंगीको संविधान सभामा प्रतिनिधित्व हुनु जरुरी भएको समलिंगी तेश्रोलिंगीले बताउँदै आएका छन् ।
तर एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेले भने मंसिर ४ मा हुन लागेको संविधान सभा चुनावमा एक जना पनि समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार नबनाएकोमा समलिंगी तेश्रोलिंगी दुखी भएका छन् ।
ठूला भनिएका दलले समलिंगी तेश्रोलिंगीलाई संविधान सभा चुनावमा उम्मेदवार नवनाएकोमा आफूहरुलाई दुःख लागेको नील हिरा समाजका संस्थापक सुनिलबाबु पन्तले बताउनुभयो । तर साना दलले आफ्नो समुदायलाई स्थान दिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
तेश्रो लिंगी तथा नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि भूमिका श्रेष्ठले ठूलो दल कांग्रेसले तेश्रो लिंगीलाई उम्मेदवार नबनाएकोमा दुःख लागेको बताउनुभयो । उहाँले भन्नुभयो