– कुलचन्द्र न्यौपाने, जे पाण्डे
संविधानसभाको पहिलो निर्वाचनमा बाँकेका चारमध्ये दुई निर्वाचन क्षेत्रमा आफ्नो पकड जमाउन सफल मधेशी केन्द्रित दलले यसपटक भने आफ्नो सांख जोगाउनै समस्या परेको छ । मधेशी दलभित्रको विभाजन नै यसको मुख्य कारण हो ।
मधेशकेन्दि्रत दलमा आएको विभाजनले मतदाताहरुसमेत अन्यौलमा परेको मेधशी दलका उम्मेदवार नै स्वीकाछ्न् । अघिल्लो निर्वाचनमा तीन मधेश केन्दि्रत दल सहभागी भएकोमा यसपाली विभाजनका कारण उम्मेदवार दिने मधेसी दलको संख्या १५ पुगेको छ । मधेशकै नाममा दुई स्वतन्त्र उम्मेदवार छन ।
अघिल्लो निर्वाचनमा बांके-३ बाट विजयी मधेशी जनअधिकार फोरम नेपालका सर्वदेव ओझा अहिले यहि निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार छन । उनले पार्टी छाडेर जयप्रकाशप्रसाद गुप्ताको राष्ट्रिय मधेश अभियानमा आबद्ध छन । पार्टी दर्ता नभएका कारण उनले स्वतन्त्र उम्मेदवार दिएका हुन । त्यस्तै बांके-२ बाट कलिम अहमद अन्सारी स्वतन्त्र उम्मेदवार दिई मधेशकै नाममा मत मागेका छन ।
यसपटक चुनावी मैदानमा आएका मधेशी दलहरुमा मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, सदभावना पार्टी, तराई-मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सदभावना पार्टी नेपालले उम्मेदवारी दिएका छन् । त्यस्तै, संघीय सदभावना पार्टी, मधेशी जनअधिकार फोरम मधेश, नेपाल सदभावना पार्टी (गजेन्द्रवादी), मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सदभावना पार्टी (युनाईटेड), नेपाल सदभावना पार्टी, राष्ट्रिय मधेश एकता पार्टी नेपाल, मधेश तराई फोरम र थरुहट तराई पार्टी नेपालले पनि आधिकारिक उम्मेदवारी दिएका छन । कतिपयले संगठन कमजोर भए पनि समानुपातिकमा मत बढाउनकै लागि उम्मेदवारी दिएका छन ।
मधेशकेन्दि्रत दलहरुमा तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, सदभावना पार्टी र मधेशी जनअधिकार फोरम नेपालको प्रभाव बढी देखिन्छ । गैह्र मधेशवादी दलहरुले आफूले जित्ने एउटा मधेशी दलभित्र आएको विभाजनलाई बनाउने गरेका छन । तर, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता पशुपति दयाल मिश्रा भने त्यस्तो सोच ठिक उल्टो रहेको बताए ।
‘हो धेरै ठाउँमा यो प्रश्न उठ्ने गरेको छ । विभाजनको कारणको जबाफ हामीले दिदै हिंडि्नु परेको छ । यसले केही अलमलपनि भएको छ । तर यसैको कारण हारीहाल्छन, सिद्धीहाले भन्ने कुरा सत्य होइन’ मिश्र भन्छन,’नोक्सान त अहिले गैह्र मधेशवादी दललाई भएको छ । उनीहरुले मधेशी र मुश्लिम समुदायबाट उम्मेदवार नबनाउदा असन्तुष्टहरुलाई धेरै भएकाले पार्टी रोज्न सजिलो भएको छ । असन्तुष्टहरु सवै मधेशवादी दलमा आएका छन ।’
पार्टीभित्रको फुट र एजेण्डा समेत केही नभएकाले व्यक्ती हेरेर मतदान गर्नुपर्ने अवस्था आएको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता हिरालाल लोनिया बताउुछन । ‘मधेशी दलहरुमा लोभीपना बढी देखियो । एकतामा ध्यान दिने र शक्ति प्रदर्शन गर्न सकेन । जसले पुरानो आधारमा पक्कैपनि असर गरेको छ’ उनले भने,’मधेशी दलहरु विभाजन भईदिदानै मतदाताहरुमा पनि अन्यौल बढेको छ ।’
उनका अनुसार, पहिला मधेशीकेन्दि्रत दलमा लाग्ने मतदाताहरु अझैपनि मधेशी दललाई नै मत हाल्नेमा पक्षमा छन । यसको पछि मधेश आन्दोलनले ल्याएको जागरण, आत्मसम्मान र समावेशीको मुद्दा हो । जुन मधेशी जनताले धेरै हदमा पाएका छन । लोनिया भन्छन,’अरु एजेण्डा भनेको बेकारको कुरा हो । मधेशी नेतालाई जित्यो भने आफ्नो आत्मसम्मान बढ्छ । सुःखदुःखमा साथ दिन्छ भन्ने भावना छ ।’
कांग्रेस एमालेले भने मधेशीवादी दलले मधेशी जनतालाई सत्तामा जाने भर्याङ मात्रै बनाएकालेपनि मधेशी दलहरुप्रति आकर्षण ्टो रहेको बताए । कांग्रेस सभापति अरुण कोइरालाका अनुसार मधेशी दलको विभाजनसंगसंगै निर्वाचनमा मधेशीहरुबीचनै टक्कर देखिएकाले पुरानो आधार खस्कने बताए ।
निर्वाचनको मिति नजिकिदै जादा मधेशी दलहरुबीच एकताको सम्भावना पनि उतिकै गएको दावी तमलोपाका नेता मिश्राको भनाई छ । ‘एकताका लागि पनि कुराकानी भईरहेको छ । जित्ने उम्मेदवारलाई अन्तिममा सवैले मतदान गर्ने परिस्थिती निर्माण हुनसक्छ’ उनले भने,’त्यस्तो हुनसक्यो भने बांके मधेशी दलकै आधार इकाला दरिन्छ ।’
एमाओवादीका नेता दामोदार आचार्य आचार्य पनि मधेशी दलप्रतिको आकर्षण नरहेको बताउँछन् । ‘त्यतिबेला मधेश आन्दोलनको सेन्टीमेन्ट थियो । त्यसैले मधेशी दलको आधार जस्तो बनेको हो, अहिले त्यस्तो छैन’ आचार्यले दावी गरे,’परिवर्तनको एजेण्डा बोकेको माओवादीनै अहिलेको संभावना हो ।’