काग्रेसको चुनावी प्रचार प्रसार अभियान मरेंगमा, लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको डा. बि.सीको भनाई

प्रेमनारायण आचार्य 
   अर्घाखाँची १०  कात्तिक । नेपाली काग्रेसका नेता तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेद्धार डा.रामबहादुर बि.सीले लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउनु भएको छ ।  उहाले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ । 
नेपाली काग्रेसले चुनाबि प्रचार प्रसार अभियान अन्तर्गत मरेंग  गाविसमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता बिसीले नेपाली जनताको पक्षका साथै गरिब र निमुखा बर्गको  संबिधान लेखिने बताउनु भयो । 
कार्यक्रममा नेपाली काग्रेसका नेता तथा पुर्ब मन्त्री रेवतीप्रसाद भुसालले एमाओबादीका कारण पहिलो संबिधान सभाको निर्बाचनबाट संबिधान बन्न नसकेका आरोप लगाउदैे नेपाली जनताको लोकतान्त्रिक संबिधान निर्माण गर्नका लागि पनि जनताले काग्रेसलाइ पहिलो पाटी बनाउने  बताउनु भयो । 
  कार्यक्रममा काग्रेसका अंचल समन्वय समितिका सदस्य बिष्णुप्रसाद खनाल मुस्कान, उपसभापति हरिहर आचार्य , लगायतले मन्तब्य राख्नु भएको थियो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु