अर्घाको बिहारमा नेपाली काग्रेसको प्रचार प्रसार कार्यक्रम सम्पन्न, बिभिन्न पाटी परित्याग गरि १२ जना प्रबेस

 प्रेमनारायण आचार्य 
बिहार, अर्घाखाँची  । नेपाली काग्रेस क्षेत्र नम्बर १ को प्रचार प्रसार कार्यक्रम अन्तर्गत घरदैलो, तथा चुनाबी सभा कार्यक्रम अर्घा  गाविसको बिहारमा सम्पन्न भएको छ । 
    कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेसका नेता तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेद्धार डा. रामबहादुर बिसीले २०६४ सालको संबिधानसभाको निर्बाचन जस्तो धाधली नभइ अहिले शान्ति पुर्णरुपमा हुने भएकाले अत्याधिक मतले नेपाली काग्रेसले जिल्लाका दुबै क्षेत्र जित्ने दाबी गर्नु भएको छ  ।  
उहाले जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेसको प्रमुख भुमिका रहेको भन्दै अधिकांस बिकास निर्माणका कार्यहरु काग्रेसको नेतृत्वमा भएको बताउनु भयो ।  
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेसका नेता तथा पुर्ब मन्त्री रेवतीप्रसाद भुसालले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउनु भएको छ ।  उहाले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ । 
कार्यक्रममा बिभिन्न पाटी परित्याग गरि १२ जना नेपाली काग्रेसमा प्रबेस गरेका छन । 
कार्यक्रम अर्घा गाँउ कार्य समितिका सभापति झबिन्द्र खड्काको अध्यक्षता र माधब भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु