कृष्ण खनाल
भैरहवा । रुपन्देहीका विभन्न क्षेत्रहरुमा आचासंहिता उलघंन भएको छन । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचान कार्यलयको संयुक्त अनुगमन टोलिले रुपन्देहीका क्षेत्र नम्बर, ४ ५ ६ र ७ मा गरेको अनुगमनबाट दलहरु निर्वाचन आचार संहिता पालनमा संवेदनशिल देखिएको पाइएको छ । पनि विद्यालयका भित्ताहरुमा आचार संहिता विपरित पोष्टरस टासिएको पाइएको छ भने प्रहरीको गेट अगाडी प्रहरीकै बोर्डमा पनि दलहरुले प्रसार प्रसारका सामग्रंीहरु टासेको पाइएपछि अनुगमन टोलिले हटाएको छ । रुपन्देहीको मर्चवार क्षेत्रको राईनीहवा गाविस विकास समितिको कार्यालयमै आचार संहिता विपरित पोष्टर टासिएको पाइएको थियो । यसको साथै विभिन्न राजनीतिक दलहरुले सम्र्पक कार्यालय भन्दै सार्वजनिक स्थानमा प्रसार प्रसारको लागि फेलेक्स बोर्ड समेत टासेको पाएपपिछ त्यो पनि अनुगमन टोलिले हटाएको छ ।
मंगलबार रुपन्देही क्षेत्र नम्बर ६ का १६ वटा गाविस र क्षेत्र नम्बर ७ को एउटा गाविसमा गरिएको अनुगमनकाट सामान्य निर्वाचन उलंघनका घटनाहरु बहेक अन्य कुरा नभएको अनुगमन टोलिका संयोजक तथा जिल्ला प्रसासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत विश्वराज नेपालले जानकारी दिए । उनका अनुुसार अनुगमनको क्रममा सामान्य विद्यालयको भित्ताहरुमा पोस्टर टासिएको तथा चुनावि प्रसार प्रसारको लागि विना अनुमती भारातिय गाडीहरुको समेत प्रयोग भएको समेत पाइएको थियो ।
अहनुगमन टोालिले २ वटा भारातीय गाडीहरु भन्सार अनुमती जिल्ला प्रसासन कार्यालयको अनुमती विना नै चुनावी प्रुसार प्रसारमा प्रयोग गरिएको भन्दै सचेत समेत गराएको थियो । क्षेत्र नम्बर ६ को मर्चवार क्षेत्रमा मधेसी जनाधिकार फोरम लोकतन्त्रीकका उमद्वारको वशिष्ठमणि त्रिपाठीकोप्रसार प्र्रसारको जिल्ल निर्वाचन कार्यालय बाट अनुमती नलिई झण्डा सहित हिडालिएको भन्दै टोलिले ईलाका प्रहरी कार्यालय मजगवामा पठाएको थियो । युपी ५६ जे ३४५० नम्बरको बलेरो जीप पछी कागज मिलाएपछी छाडिएको थियो ।
त्यस्तै मर्चवारमै एकिकृत नेकपा माओवादीका उम्मेदवार लालमोहन यादबवको प्रसारमा हिडको युपीइ ५६ टि ३४ ५० नम्बरको गाडीको समेत झण्डा निकालेर आश्यक काजगपत्र मिलाउनको लागि अनुरोध गरेको जिल्ला प्रसासन कार्यलय रुपन्देहीका प्रशासकिय अधिकृत विश्वराज नेपालले जानकारी दिए ।
१६ वटा गाविस तथा ६६ वटा मतदान केन्द्र रहेको रुपन्देही क्षेत्र नम्बर ६ मा आचारसंहिता अनुगमन अधिकृत लक्ष्मण पौडेल, क्षेत्र नम्बर ७ का यज्ञमुर्ती ज्ञवाली लगायत सुरक्षा कर्मी र सञ्चार कर्मीहरुको टोलि संलग्न रहेको थियो ।
साथै जिल्ला प्रसासन कार्यलयले निर्वाचनमा प्रयोग भएका गाडीहरुमा अनिवार्य अनुगमत पत्र अर्थात स्टीकर टास्नको लागि अनुरोध गरेको छ । यसरी स्टीकर नै नटासी प्रयोग गरिएका गाडी जतीवेला पनि प्रसासनले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढाउने प्रसासनको भनाई रहेको छ ।