प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा नेता मानबहादुर विश्वकर्माले २०६४ सालको संबिधानसभाको निर्बाचन जस्तो धाधली नभइ अहिले शान्ति पुर्णरुपमा हुने भएकाले ढुक्क भएर निर्बाचनमा सहभागि भै मतदान गर्न आग्रह गर्नु भएको छ ।
निर्बाचनलाइ स्वच्छ, निश्पक्ष र धाधलीरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकार,नेपालका सुरक्षा सम्यन्त्र परिचालन भएकाले यो निर्बाचन स्वच्छ हुनेमा सबै बिश्वस्त हुनु पर्ने बताउनु भयो ।
अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारहरु संग कुराकानी गर्दै काग्रेस केन्द्रिय सदस्य बिकले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
उहाले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउदै निर्बाचनमा आफुहरु कमजोर भएको देखेर एमाओबादीले देसका बिभिन्न स्थानका काग्रेस कार्यक्रता माथी आक्रमण गर्न सुरु गरेको बताउनु भयो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।