– प्रेमनारायण आचार्य
धातीबांग, अर्घाखाँची । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा नेता मानबहादुर विश्वकर्माले २०६४ सालको संबिधानसभाको निर्बाचन जस्तो धाधली नभइ अहिले शान्ति पुर्णरुपमा हुने भएकाले ढुक्क भएर निर्बाचनमा सहभागि भै मतदान गर्न आग्रह गर्नु भएको छ ।
निर्बाचनलाइ स्वच्छ, निश्पक्ष र धाधलीरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकार,नेपालका सुरक्षा सम्यन्त्र परिचालन भएकाले यो निर्बाचन स्वच्छ हुनेमा सबै बिश्वस्त हुनु पर्ने बताउनु भयो ।
नेपाली काग्रेस क्षेत्र नम्बर २ ले अर्घाखाँचीको धातीबांग गाविसमा चरेको बिसाल चुनाबी सभामा मन्तब्य राख्दै काग्रेस केन्द्रिय सदस्य बिकले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
नेपाली काग्र्सकी केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर २ कि उम्मेद्धार पुस्पा भुसालले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउदै निर्बाचनमा आफुहरु कमजोर भएको देखेर एमाओबादीले देसका बिभिन्न स्थानका काग्रेस कार्यक्रता माथी आक्रमण गर्न सुरु गरेको बताउनु भयो । उहाले अर्घाखाँची जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेस सधै अगाडि रहेको र अझ सशतm रुपमा जनताका समस्यालाई बुझेर अगाडि बढ्र्ने बताउनु भयो ।
काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालल मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित जस्तै भएको संबिधान पनि बन्ने बताउनु भयो ।
कार्यक्रममा काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले अर्घाखाँचीको बिकासका लागि नेपाली काग्रेसलाइ जिल्लाका दुबै क्षेत्रबाट काग्रेसलाइ दुइ तिहाइ मतका साथ बिजयी गराउन आग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्ला सचिब लोकेन्द्र बिकले मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउनु भयो । जिल्ला सहसचिब तथा समानुपातीक उम्मेद्धार निर्मला क्षेत्रीले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
कार्यक्रममा महासमिति सदस्य हिम्मत टण्डन, श्यामनाथ कास्याप, जिल्ला सदस्य रामप्रसाद घिमिरे, छबिलाल पौडेल, केसब श्रेष्ठ, रामबहादुर परियार, महाधीबेसन प्रतिनिधि यादब घिमिरे, कमल बिक, क्षेत्र नम्बर २ का सभापति मणिराम पौडेलर्, सचिब हेमन्त पौडेल, सदस्य सिता पराजुली,तरुण दलका इन्द्रमणि पौडेल, नेबिसंघका सचिब युबराज पाण्डे, प्रेस युनियनका अध्यक्ष सुर्य भुसाल, पत्रकार महासंघंका सचिब प्रेमनारायण आचार्य निजामती कर्मचारी संघका ताराप्रसाद खनाल, , पत्रकार रुद्रमणि भुसाल, नेपाली काग्रेसका दिनेशमणि घिमिरे, ठाकुर घिमिरे, बुद्धिबहादुर सुनार, खुमराज घिमिरे, ताराप्रसाद घिमिरे, बलु पाण्डे, माधब घिमिरे, लगायतले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम काग्रेस धातीबांगका सभापति मोदनाथ पौडेलको अध्यक्षता, गाबिन्द पौडेलको सञ्चालन र ओमराज पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको हो । कार्यक्रममा बिभिन्न पाटी परित्याग गरि १५ जना नेपाली कागेसमा प्रबेस गरेका छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।