प्रेमनारायण आचार्य
किमडाँडा , अर्घाखाँची । नेपाली काग्रेसका पुर्ब मन्त्री तथा नेता ढुण्डीराज शास्त्रीले एमाओबादीका कारण संबिधान सभाको भंग भएको बताउनु भएको छ । उहाले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउदै नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
नेपाली काग्रेस क्षेत्र नम्बर १ ले किमडाँडा गाविसका बिभिन्न स्थानमा गरेको प्रचार प्रसार कार्यक्रम अन्तर्गत घरदैलो, तथा चुनाबी सभा कार्यक्रममा मन्तब्य राख्दै काग्रेस नेता शास्त्रीले देसलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा नेता मानबहादुर विश्वकर्माले े नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ । उहाले अर्घाखाँची जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेस सधै अगाडि रहेको र अझ सशतm रुपमा जनताका समस्यालाई बुझेर अगाडि बढ्र्ने बताउनु भयो ।
कार्यक्रमम काग्रेसका नेता तथा पुर्ब मन्त्री रेवतीप्रसाद भुसालले मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित जस्तै भएको संबिधान पनि बन्ने बताउनु भयो ।
कार्यक्रममा र्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर १ का उम्मेद्धार डा. रामबहादुर बिसीले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउदै निर्बाचनमा आफुहरु कमजोर भएको देखेर एमाओबादीले देसका बिभिन्न स्थानका काग्रेस कार्यक्रता माथी आक्रमण गर्न सुरु गरेको बताउनु भयो । उहाले जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेसको प्रमुख भुमिका रहेको भन्दै अधिकांस बिकास निर्माणका कार्यहरु काग्रेसको नेतृत्वमा भएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले २०६४ सालको संबिधानसभाको निर्बाचन जस्तो धाधली नभइ अहिले शान्ति पुर्णरुपमा हुने भएकाले अत्याधिक मतले नेपाली काग्रेसले जिल्लाका दुबै क्षेत्र जित्ने दाबी गर्नु भएको छ ।
कार्यक्रममा जिल्ला सचिब े लोकेन्द्र बिक, कोषाध्यक्ष्य हरिबहादुर खड्का, सहसचिब तथा समानुपातीक उम्मेद्धार निर्मला क्षेत्री, महासमिति सदस्य लक्ष्मी श्रेष्ठ, जिल्ला सदस्य बिष्णुप्रसाद खनाल मुस्कान, कृष्णप्रसाद खनाल, महाधीबेसन प्रतिनिधि शान्ता भण्डारी, कमल बिक, क्षेत्रीय सचिब बिष्णु क्षेत्री , महिला संघकी जानका बन्जाडे, उद्योग बाणिज्य संघका महासचिब नेत्रप्रसाद भुसाल, बुद्धिजीबी तथा समाजसेबी धर्मराज बन्जाडे, नेपाली जनसम्पर्क सदन भारतका अध्यक्ष बालकृष्ण पाण्डे,तरुण दलका रमेश श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न पाटी परितयाग गरि ५० जना नेपाली कागेसमा प्रबेस गरेका छन । कार्यक्रम काग्रेस किमडाडाका सभापति हुमप्रसाद बन्जाडेको सभापतित्व र कमल भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।