खाँचीकोटमा काग्रेसको चुनाबी सभा सम्पन्न

प्रेमनारायण आचार्य
खाँचीकोट, अर्घाखाँची । नेपाली काग्र्सकी केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर २ कि उम्मेद्धार पुस्पा भुसालले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउदै निर्बाचनमा आफुहरु कमजोर भएको देखेर एमाओबादीले देसका बिभिन्न स्थानका काग्रेस कार्यक्रता माथी आक्रमण गर्न सुरु गरेको बताउनु भयो । उहाले अर्घाखाँची जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेस सधै अगाडि रहेको र अझ सशतm रुपमा जनताका समस्यालाई बुझेर अगाडि बढ्र्ने बताउनु भयो । 
नेपाली काग्रेस क्षेत्र नम्बर २ ले अर्घाखाँचीको खाँचीकोट  गाविसका बिभिन्न स्थानमा आयोजीत े बिसाल चुनाबी सभा तथा कोणसभाहरुमा मन्तब्य राख्दै  काग्रेस केन्द्रिय सदस्य तथा महिला नेतृ भुसालले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ । 
      कार्यक्रमम काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित जस्तै भएको  संबिधान पनि  बन्ने बताउनु भयो ।  अर्घाखाँचीको बिकासका लागि नेपाली काग्रेसलाइ जिल्लाका दुबै क्षेत्रबाट काग्रेसलाइ दुइ तिहाइ मतका साथ बिजयी गराउन पनि सचिब आचार्यले आग्रह गर्नु भयो । 
  कार्यक्रममा  जिल्ला सदस्य छबिलाल पौडेल, केसब श्रेष्ठ, नुनबहादुर बिसी, ज्ञानबहादुर बिक, अमिर हाम्जा,महाधीबेसन प्रतिनिधि प्रितमबहादुर थापा, शान्ता भण्डारी,  क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मणिराम पौडेल, सदस्य सिता पराजुली,, नेबिसंका सचिब युबराज पाण्डे, समाजसेबी बिष्णु आचार्य, दिनेसमणि घिमिरे, तरुण नेता त्रिलोक सिंह, शंकर शाह, इन्सु मिया, खबर महमद , नेबिस.घका सरोज खड्का, कर्मचारी संघका अध्यक्ष ताराप्रसाद खनाल, लगायतले मन्तब्य राख्नु भएका थियो । 
कार्यक्रम काग्रेस खाँचीकोटका  सभापति बिष्णुप्रसाद भुसालको सभापतित्व र दिपक पुरीको सञ्चालनमा सम्पन्न भएको हो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु