-अशोक खनाल
अर्घातोष, अर्घाखाँची । एकिकृत नेकपा माओवादीका नेता टोप बहादुर रायमाझीले एमाओवादीको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
नेपालीजनता अग्रगमन र परिवर्तनको पक्षमा रहेको भन्दै उहाले यसपटकको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभयो । अर्घाखाँचीको अर्घातोषमा आयोजित चुनावी कार्यक्रममा मन्तव्यराख्दै कांग्रेस एमालेमा रहेका यथास्थितीवादी सोंचका कारणअघिल्लो संविधान सभाबाट संविधान जारी हुननसकेको आरोप लगाउनुभयो ।
कांग्रेस एमालेमा को ईसारामा राष्टपति र सभामुख चलेकाले संविधान बन्न नसकेको बताउदै, रायमाझीले संविधान र शान्तीका बिरोधिलाई जनताले यसपटकको निर्वाचनमा परास्तगर्ने दावीगर्नुभयो । विकास योजना सहितको बजेट प्रस्तुत गर्न खोज्दा राष्टपतिले रोकेका कारण सांचे अनुसार विकास गर्न नसकेको भन्दै रायमाझीले आफ्नोपार्टी नेतृत्वको सरकारले छोटो समयमा पनि केही नमूना योग्य कामगरेर देखाइदिएको दाबीगर्दै, एमाओवादीले १० बर्ष सरकार चलाउन पाए मूलुकमा कायापलटनै गरेर देखाइदिने दावीगर्नुभयो । संविधानसभाको निर्वाचन हुननदिएर मूकलाई थप अन्योल र अस्थिरतामा लैजाने प्रयत्न भएको भन्दै रायमाझीले कुनैपनि तागतले मंसीर ४ मो निर्वाचन रोक्न नसक्ने दावीगर्नुभयो ।
कार्यक्रममा मन्तब्य राख्दै एकिकृत नेकपा माओवादीका केन्दिय सदस्य चन्द्र बहादुर खड्का उज्ज्वलले भित्रि ह्दयबाट कांग्रेस एमालेले सविधान सभाको निर्वाचन नचाहेको भन्दै जनताको संविधान बनाउन सविधानसभाको जन्मदाता एमाओवादीले नै जित्नुपर्ने बताउनुभयो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।