संखुवासभा – एमाओबादीका संखुवासभा क्षेत्र नम्बर २ का उम्मेदवार राजेन्द्र किरातीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । जलजला २ को ओखङमा चुनावीसभा सकेर र्फकर्ने क्रममा शनिबार राति ९ बजे किरातीलाई लक्षित गरी गोली प्रहार भएको हो । किरातीलाई गोली लागेको छैन् ।
आक्रमण लगत्तै प्रहरीले गरेको सर्चमा एसएलआर बन्दुकसहित त्यसको ११ राउण्ड गोली ओखङको जंगलमा फेला पारेको संखुवासभाका प्रहरी पमुख डीएसपी पवनकुमार गिरीले बताए । केहीबेर अघिमात्रै प्रहरीले बम पड्काउन तयारी अवस्थामा राखेको तार र व्याट्री फेला पारेको गिरीले जानकारी दिए ।
घटनास्थलमा प्रहरी निरीक्षकहरु यमनाथ अधिकारी र सन्तोष पाठकको नेतृत्वमा ९० जना प्रहरी खटाइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ७ घण्टाको पैदल दुरीमा पर्छ ।
संखुवासभा क्षेत्र नम्बर २ का उम्मेदवार राजेन्द्र किरातीले भने राजनीतिक र बैचारिक मुद्दा नभएको र अपराधिक कृयाकलाप गर्न खोज्नेहरुले गरेको आक्रमणलाई सामान्य रुपमा लिएको प्रतिक्रिया दिए । हिजो दिउसो मात्रै किरातीको चुनावीसभा असफल पार्न रुख ढालेर अवरोध गरिएको थियो । दीपेन्द्र शाक्य, ekantipur