बन्द फिर्ता लिन नेकपा-माओवादी मोर्चालाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई संविधानसभा निर्वाचनलाई लक्षित गरी आहृवान गरेको बन्द तत्काल फिर्ता लिन आन्तरिम आदेश दिएको छ ।

न्यायाधीश रामकुमार प्रसाद साहको एकल इजलासले जनताको मतदान गर्न पाउने अधिकार कुण्ठिन गर्ने अधिकार निर्वाचन आयोगमा दर्ता भएको वा नभएको दल/व्यक्ति समूह वा सकैसँग नभएको भन्दै यस्तो आदेश दिएको हो ।