– प्रेमनारायण आचार्य
पोखराथोक, अर्घाखाँची । नेपाली काग्रेस निर्बाचन क्षेत्र नम्बर २ को चुनाबी प्रचार प्रसार कार्यक्रम अन्तर्गत घरदैलो, कोण सभा तथा चुनाबी सभा कार्यक्रम पाली, खिदीम, र पोखराथोकका गाविसका बिभिन्न स्थानमा सम्पन्न भएका छन ।
कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्र्सकी केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला निर्बाचन क्षेत्र नम्बर २ कि उम्मेद्धार पुस्पा भुसालले अर्घाखाँची जिल्लाको बिकास निर्माणमा नेपाली काग्रेस सधै अगाडि रहेको र अझ सशतm रुपमा जनताका समस्यालाई बुझेर अगाडि बढ्र्ने बताउनु भयो । उहाले जनताको लोकतान्त्रीक संबिधान निर्माणनै काग्रेसको मुख्य एजेण्डा रहेको बताउदै निर्बाचनमा आफुहरु कमजोर भएको
काग्रेस केन्द्रिय सदस्य तथा महिला नेतृ भुसालले नेपाली काग्रेसप्रति देसभरनै जनलहर चलेकाले काग्रेसलाइ दुई तिहाईमतले बिजय गराएमा देशमा दिगो शान्ति र लोकतान्त्रिक संबिधान निर्माण हुने बताउनु भएको छ ।
कार्यक्रमम काग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले मुलुकलाइ निकास दिनका लागि काग्रेसले दुइतिहाइ मत ल्याउनु पर्ने बताउदै नेपाली जनताको संबिधान निर्माण गर्ने एउटै बाटो संबिधान सभाको निर्बाचन भएकाले अबको संबिधान सभाको निर्बाचन बाट काग्रेसले दुइ तिहाइ मत ल्याउने निस्चित जस्तै भएको संबिधान पनि बन्ने बताउनु भयो ।
कार्यक्रममा महासमिति सदस्य हिम्मत टण्डन र श्यामनाथ काश्यपले अर्घाखाँचीको बिकासका लागि नेपाली काग्रेसलाइ जिल्लाका दुबै क्षेत्रबाट काग्रेसलाइ दुइ तिहाइ मतका साथ बिजयी गराउन पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मणिराम पौडेल, प्राधयापक दिनेशमणि घिमिरे, काग्रेस खिदीमका सभापति बिष्णु अर्याल, पोखराथोकका सभापति अच्युत गौतम, क्षेत्रीय प्रतिनिधि होमनाथ बन्जाडे, रामबहादुर मानब, कमल केसी, लगायतले मन्तब्य राख्नु भएका ेथियो । ,