ठाडा गाँउ कमिटीका अध्यक्ष तथा पुर्ब प्लाटेन कमाण्डर सहित २९ जना नेपाली काग्रेसमा प्रबेस

प्रेमनारायण आचार्य
ठाडा, अर्घाखाँची । अर्घाखाँचीको ठाडा गाविसमा  एमाओबादी ठाडा गाँउ कमिटीका अध्यक्ष तथा जनमुक्ति सेनाका पुर्ब प्लाटेन कमाण्डर हेमनाथ भुसाल सहित २९ जना नेता तथा कार्यक्रता नेपाली काग्रेसमा प्रबेस गरेका छन  । 
   ठाडा गाविस निबासी भुसाल जनमुक्ति सेनाको प्लाटेन कमाण्डरबाट स्वेच्छिक अबकास लिए पछि एमाओबादीको राजनितिमा सक्रिय भइ एक बर्ष देखि ठाडा गाविसको अध्यक्ष पदमा बसि काम गर्दै आएका  थिए । 
एमाओबादीले यथार्थको भन्दा परको राजनिति गरेको , जनमुक्ति सेनाको शोषण र राष्ट्रियताको बिषयमा कमजोर बनेको, क्रान्तीको नाममा गरिबका छोराछोरी प्रयोग गरेको तर सत्तामा पुगे पछि क्रान्तीको नारा बिर्सिएको , नारा राम्रा तर कार्यन्वयनमा नल्याएकोले  आफु सहित २९ जना नेता तथा कार्यक्रताले एमाओबादी छाडि नेपाली काग्रेसमा प्रबेस गरेको भुसालले बताउनु भयो । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु