– बाबु रोका मगर “अपरिचित”
असुरकोट-९ जोगिटारी अर्घाखाँची
तिम्रो याद गर्दैन म अब
समयको बर्वाद गर्दैन म अब |
मिल्ने जुल्ने पनि एउटा उद्देश्य थियो
तिमीलाई देखे बिना यो मन खुशी हुँदैन थियो |
तिमीले मलाई याद गर्दैनौ रात बेकार मैले गर्दैन
तिमीले मलाई छोडी गयौ तिम्रो याद मा म मर्दैन |
केही ज्यादा नै यो धड्कीन्छ दिल को बिमार मलाई लाग्छ
धुवाँ को परवाह् कसले गर्छ यहाँ म जल्दैन यो दिल जल्छ |
निश्चल मन थियो मेरो बिजुली जस्तै
तर म बल्झिए बल्छी मा माछो फसे जस्तै |
तिम्रो याद गर्दैन म अब
समयको बर्वाद गर्दैन म अब |