एमाओवादी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताबीच झडप हुँदा जनमोर्चाका पूर्वसभासद मीना पुन सहित आठ जना घाइते

बाग्लुङ- संविधान सभाको निर्वाचन नजिकिँदै जाँदा बाग्लुङको क्षेत्र २ मा दिनहुँ जसो झडपका घटना हुन थालेका छन्। क्षेत्र २ कै हुग्दिशिर गाविसको बराहकोट आज एमाओवादी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताबीच झडप हुँदा जनमोर्चाका पूर्वसभासद मीना पुन, एमाओवादीका राज्य समिति सदस्य चिनिमाया कालासहित आठ जना घाइते भएका छन्। 
घाइतेको हुग्दिशिर स्वास्थ्य चौकीमा सामान्य उपचार भएको र थप उपचारकोलागि बाहिर लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले बताए।
गम्भिर घाइते भएकी जनमोर्चाकी समानुपातिक उम्मेदवार पुन सहितका घाइतेलाई थप उपचारकोलागि उद्दार गर्न हेलिकप्टर त्यस क्षेत्रमा पठाएको भए पनि ल्याण्ड गर्न नसक्दा फर्किएको नेपाली सेना सुर्य दल गणका गणपति इन्द्र बहादुर शाहले बताए। ‘बस्ने ठाउँको अभाबमा हेलिकप्टर फर्कियो,’ शाहले भने।
घटना स्थलमा थप प्रहरी परिचालन गरिएको र बाग्लुङबाट समेत शसस्त्र प्रहरी पठाउने तयारी भएको प्रहरी नायब उपरिक्षक सुरेन्द्र बहादुर गुरुङले बताए। घटनाका घाईतेको विस्तृत विवरण आउन बाँकी रहेको गुरुङले बताए। झडपको विषयमा एमाओवादी र राष्ट्रिय जनमोर्चाले आ