लुम्बिनीबाट १९ पुर्वमन्त्री चुनावी मैदानमा

– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । चुनावी सरकार एवं मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, गृहमन्त्री माधव घिमिरे, कानुनमन्त्री हरि न्यौपाने, प्रहरी प्रमुख कुवेरसिंह रानाको गृह अञ्चल लुम्बिनीबाट पुर्वप्रधानमन्त्री बाबुराम भटराई सहित १९ जना पुर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन । १९ जनामध्ये भटराई नयाँ उम्मेदवार हुन भने अरु सबै लुम्बिनीकै पुराना हुन । मंसिर ४ मा हुने चुनावका लागि सरकारको नेतृत्व र राष्ट्रिय पहिचान भएका नेताको उम्मेदवारीले लुम्बिनीलाई विशेष महत्वको रुपमा हेरिएको छ । 
 एमाओवादी, काग्रेस, एमाले, राप्रपा र मधेशी दलबाट उम्मेदवारी दिएका सबै पुर्वमन्त्रीको कडा प्रतिष्प्रधाले चुनावी रौनकता निकै तातेको छ । लुम्बिनी अञ्चलको छ वटा जिल्ला मध्ये पाल्पामा कोही पुर्वमन्त्री उम्मेदवार नभएपनि रेग्मी, घिमिरे, राना पाल्पाकै हुन । अर्घाखाँचीबाट एक, गुल्मीमा दुई, नवलपरासीमा तीन, रुपन्देही नौ र कपिलवस्तुमा चार पुर्वमन्त्रीहरु चुनावी प्रतिष्प्रर्धामा छन । समानुपातिकमा पनि केही पुर्वमन्त्री छन । 
लुम्बिनीमा राष्ट्रिय पहिचान बनाएका पुर्वमन्त्री सहित सबै पाटीका उम्मेदवार चुनावी मैदानमा रहेपनि कडा प्रतिष्पर्धा रुपन्देही ४, अर्घाखाँची १, कपिलवस्तु १ र गुल्मी २ तिरै देखिन्छ तर  चर्चाका हिसाबले एमाओवादीबाट पुर्वप्रधानमन्त्री बाबुराम भटराई र एमालेका सचिव एवं पुर्वमन्त्री विष्णु पौडेलले उम्मेदवारी दिएको रुपन्देही ४ तिरै धेरैको ध्यान केन्द्रित छ । बाबुरामले गोर्खा १ बाट पनि उम्मेदवारी दिएका छन । भटराईले जित्लानकी बाबुरामले जित्लान सबैतिर चर्चा छ ।  यहा