रोल्पाको थवाङमा मतदाता आएनन्, रोल्पामा ६७ प्रतिशत मत खस्यो

१० वर्षे द्धन्दको उद्गम थलोको रुपमा परिचय दिने रोल्पाले भने यस पटक शान्तिपूर्ण चुनाव सम्पन्न गरी फरक रुपमा आफूलाई उभ्याएको छ।
 
चुनावलाई शान्तिपुर्ण रुपमा सम्पन्न गरेपछि रोल्पा हिजोको पचियबाट टाढिएर शान्ति र विकासमा उभिन खोजको सन्देश दिएको देखियो। आज सम्पन्न निर्वाचनमा रोल्पामा अहिले सम्मकै चुनावी इतिहासमा सबै भन्दा बढि  ६७ प्रतिशत मत खस्यो।
 
नेकपा माओवादिले चुनावलाई बिथोल्न अनेक उपाय अपनाउन सक्छ भन्ने आरोप लाग्दै आएपनि उसको गतिबिधि भने सोचे भन्दा फरक व्यहारमा देखा पर्यो।
 
यस पटकको चुनावमा रोल्पामा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ २८ हजार ८ सय ८१ मत खसेको छ भने समानुपातिक तर्फ २९ हजार ९ सय ९७ मत खसेको छ । त्यसै गरि क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३५ हजार ४ सय ९० र समानुपातिक तर्फ ३६ हजार ९ सय ८९ मत खसेको छ।
 
रोल्पामा यस पटक जम्मा ९४ हजार ४ सय ३७ मतदाता संख्या रहेको मध्ये क्षेत्र नं १ मा ४१ हजार ८ सय ८६ र क्षेत्र नं २ मा ५२ हजार ५सय ५१ मतदाता रहेका थिए। तर यस पटको मतदाता संख्या भने गत संविधान सभाको चुनाव भन्दा लगभग आधा हो।
रोल्पाको थवाङमा कुनै मतदाता मतदानका लागि आएनन्।
थवाङमा बिहानबाट कर्मचारी तथा सुरक्षाकर्मी खटिएको भएपनि कुनै पनि मतदाता नआएको बताइएको छ। थवाङमा १८७८ मतदाता संख्या रहेका छन् । हिजो करिब ११ जना स्थानियले मात्र मतदाता परिचय पत्र लगेका थिए।
 
२०३८ सालमा पनि सक्रिय रुपमा चुनाव बहिष्कार भएको थबाङमा २०५४ को मध्यावधी चुनावमा समेत बहिष्कार गरेको थियो। यस पटक पनि यो गाउँमा शुन्य मतदान बनाउने योजनामा नेकपा माओवादि सफल भयो।
 गाविसकै बलभद्र उच्च माविमा ३ वटा मतदान केन्द्र तय गरिएको भएपनि  कुनै मतदाता नआएका हुन। setopati.com/