सन्धिखर्क, अर्घाखाँची । नेपालमा मंगलबार दोस्रो संविधानसभाको निर्वाचन मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै युरोप फाउन्डेशनले निर्वाचन आयोग, नेपाल सरकार, राजनैतिक दल एवं सामाजिक संघ-सस्थालाई बधाई दिएको छ।
युरोप फाउन्डेशनका सस्थापक प्रमुख सप्पन के.सी बाट जारी विज्ञप्तीमा जनताको व्यापक र उत्साहपूर्ण सहभागितासहित शान्तिपूर्णरुपले सफल भएको भन्दै हर्ष प्रकट गरेको हो ।
निर्वाचन पर्यवेक्षकका रुपमा नेपाल आएको युरोप फाउन्डेशनका फाउन्डर के.सी ले अर्घाखाँची जिल्लाका विभिन्न गाबिसमा रहेका मतदान केन्द्रको अनुगमन गरेका थिए।
उता स्वास्थ्य र शान्तीको क्षेत्रमा काम गर्दै आएको कार्टर सेन्टरका सस्थापक पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरले नेपाल आएलगत्तै आइतबार राष्ट्रपति रामवरण यादवसँगको भेटवार्ता पश्चात दिएको अभिव्यक्तिको समेत युरोप फाउन्डेशनले निन्दा र भर्त्सना गरेको के.सी को विज्ञप्तीमा उल्लेख गरिएको छ।
कार्टरले दिएको अभिव्यक्ति निर्वाचन पर्यवेक्षण आचारसंहिताको गम्भीर उल्लंघन हो।
कार्टरले राष्ट्रपति यादवसँग अव बन्ने संविधानसभामा शासकीय स्वरुप र संघीयता नै प्रमुख विषय हुने बताएका थिए। शासकीय स्वरुप र संघीयताका विषयमा सबै पक्षबीच समझदारी कायम गर्ने मिलनविन्दु फ्रेन्च मोडेलको अर्धराष्ट्रपतीय गणतान्त्रिक प्रणाली उपयुक्त हुने धारणा राखेका थिए।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।